समाजदैलेखमा बस दुर्घटना, ४ जनाको मृत्यु

दैलेखमा बस दुर्घटना, ४ जनाको मृत्यु

सुर्खेत : दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

बुधबार साँझ जिल्लाको आठबीस नगरपालिका –३ स्थित सिस्ने भन्ने ठाउँमा बस दुर्घटना भएको हो । बस सडकबाट करिब ५० मिटर तल खसेर कर्णाली नदीमा पुगेको हो ।

दैलेखका प्रहरी प्रमुख भुवनेश्वर कुमार शाहले दुर्घटनामा ४ जनाको मृत्यु भएको पुष्टि गरे । उनले घाइतेहरूलाई उद्दार गरेर स्थानीय अस्पतालमा पठाइएको जानकारी दिए ।
म १ ख ६६० नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको बताइएको छ । बस मुगुबाट सुर्खेततर्फ आउँदै गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img