काठमाडौँ — काठमाडौँमा पुन मतगणना गर्न माग गर्दै निवेदन परेको छ ।
काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जीत पक्का भएको छ । गन्न बाँकी मतभन्दा बालेनको अग्रता बढी छ । उपमेयरमा एमालेकी सुनिता डंगोलको जीत यसअघि नै पक्का भइसकेको उनले पनि गन्न बाँकीभन्दा बढी मतको अग्रता कायम गरेकी छन् ।