अर्थ व्यापारसरकारका नीति तथा कार्यक्रम बहुमतबाट पारित

सरकारका नीति तथा कार्यक्रम बहुमतबाट पारित

काठमाडाैं | सरकारका वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकबाट सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सभामुखले निर्णयार्थ पेश गर्नुअघि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रम माथि छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा पेश गरेको नीति तथा कार्यक्रम शनिवार पारित भएको हो ।

सरकारका नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । सरकारले आइतवार नयाँ बजेट संसदमा पेश गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img