समाजमोरङको झोराहाट बजारबाट ३ महिनादेखि एक महिला बेपत्ता

मोरङको झोराहाट बजारबाट ३ महिनादेखि एक महिला बेपत्ता

सुनसरी : मोरङको रंगेलीबाट माइतघर गएकी ग्रामथान गाउँपालिका-२ झोराहाट झङडाईमा गत फागुन २० गते शुक्रबार माइत गएकी अनिता झांगड गत फागुन २१ गते शनिबार बाट बेपत्ता भएकी छिन् ।

माइतीघरमा एक रात बसेर भोलिपल्ट झोराहाट बजारमा किनमेलका लागि परिवारसँग गएकी झांगड झोराहाट बजारबाट सम्पर्क बिहिन भएकी हुन् । रंगेली नगरपालिका- २ जुलबीचोकमा घर भएकी अनिता गत फागुन २१ गते शनिबार दिउँसो १ बजे देखि बेपत्ता भएकी छिन् ।

झांगड दम्पतीका ९ बर्षका एक छोरा पनि छन् ।
माइतीघर जान्छु भनेर हिडेकी श्रीमती एकाएक सम्पर्क बिहिन भएकी श्रीमान जमिरलाल झांगडले बताए । श्रीमती हराएपछि खोजि गर्दा अहिलेसम्म पत्ता नलागेको उनले बताए ।

छोरी बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराउँदै खोजिदिन परिवारले अनुरोध गरेका छन् । अहिलेसम्म काहिँ कतै बाट केही खबर नआएको आमा बुवा सुन्दरवती उराव र देवलु उरावले बताए ।

प्रहरी प्रशासन, आफन्त, इष्टमित्रहरूबाट छोरी खोज्न सहयोग भएता पनि छोरी नभेटेपछि श्रीमान, आमा र बुवाले छोरी खोजिदिन सबैलाई आग्रह गरेका छन् । काहिँ कतै देखेमा नजिकैको प्रहरी कार्यलय, वडा कार्यलयमा विभिन्न संघ संस्थामा खबर गरिदिन परिवारले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img