काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा भल पसेको छ।
बुधबार दिउँसो उपत्यकामा भारी वर्षा हुँदा सडकबाट बगेको भल प्रधानमन्त्री निवासभित्र छिरेको हो।
प्रधानमन्त्री निवासको ढल व्यवस्थापन गर्नका लागि उत्तरतर्फको बाटो खनिएको र ढलबाट बग्ने पानी रोकिँदा गेटबाट भित्र छिरेको हो।
हाल प्रधानमन्त्री निवासमा वास्तुशास्त्रीले देखिएको सुझावअनुसार उत्तरतिरबाट ढल बगाउनका लागि मर्मतको काम भइरहेको छ।
निर्माणका कार्यका कारण बालुवाटार क्षेत्र निकासमा अस्तव्यस्त बनेको छ।