स्वास्थ्यदशैँ लगत्तै बालबालिकालाई खोप
spot_img

दशैँ लगत्तै बालबालिकालाई खोप

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउने कोरोनाविरुद्धको खोप दशैँपछि तत्काल आउने बताएका छन्।

फाइजर कम्पनीले उत्पादन गरेको खोप दशैँलगत्तै आउने उनको भनाई छ ।कोरोना महामारीको सम्भावित तेस्रो लहर र त्यसको जोखिममा बालबालिका पर्न सक्ने आकलन भइरहेकाले १८ वर्षमुनिका बालबालिकाका लागि खोप अनिवार्य छ, राज्यमन्त्री श्रेष्ठले भने।

कान्ति बाल अस्पताललाई चु जी फाउन्डेसनद्वारा पेडियाट्रिक भेन्टिलेटर र १० वटा हाई फ्लो नेजल क्यानुला सहयोग तथा हस्तान्तरण गर्ने क्रममा उनले नेपालमा खोप लगाउने कार्य दु्रत गतिमा बढेको बताए।

कान्ति बाल अस्पताल बालबालिकाको एक मात्र विशेष अस्पताल भएकाले कोरोनाको तेस्रो लहरका लागि फाउन्डेसनले प्रदान गरेको भेन्टिलेटरले ठूलो काम गर्ने उनले जनाए । हेल्थ इन्भारोन्मेन्ट तथा क्लाइमेन्ट एक्सन फाउन्डेसन हेकाफ ३६०को समन्वयमा चु जी फाउन्डेसनले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img