अर्थ व्यापारझापाका कुन पालिकाका कति बजेट?

झापाका कुन पालिकाका कति बजेट?

झापा – पूर्वी तराईको जिल्ला झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्।

नगर तथा गाउँसभामा झापाका पालिकाहरूले आगामी आर्थिक वर्षका लागि अनुमानित आय/व्यय सार्वजनिक गरेका हुन्।

झापाको मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रुपैयाँ बराबरको बजेट शुक्रबार सार्वजनिक गरेको छ। त्यस्तै, अर्जुनधारा नगरपालिकाले ७४ करोड १५ लाख ३ हजार २ सय ३० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्‍याे। भद्रपुर नगरपालिकाले बिहीबार नै ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ सार्वजनिक गरिसकेको छ।

बिर्तामोड नगरपालिका १ अर्ब ३८ करोड ३५ लाख ४६ हजार ४ सय ९० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। कन्काई नगरपालिकाको बजेट ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० रुपैयाँ रहेको छ।

दमक नगरपालिका १ अर्ब ६३ करोड ४० हजार ४ सय ४४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्‍याे। जुन झापाका पालिकामध्ये सबभन्दा बढी बजेट सार्वजनिक गर्ने पालिका हो।

कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ, झापा गाउँपालिकाले ५० करोड ८१ लाख ५३ हजार ५ सय रुपैयाँ, कमल गाउँपालिका ७१ करोड १२ लाख ३३ हजार रुपैयाँ तथा गौरीगञ्ज गाउँपालिका ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

हल्दीबारी गाउँपालिकाले ४६ करोड ४३ लाख ४४ हजार ६ सय ७० रुपैयाँ बराबरको अनुमानित आय/व्यय प्रस्तुत गरेको छ भने बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकाले बजेट रकम सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img