Saturday, May 24, 2025
देशगण्डकी प्रदेशमुस्ताङमा ८९ करोड ४० लाख बजेट: कुन पालिकामा कति ?
spot_img

मुस्ताङमा ८९ करोड ४० लाख बजेट: कुन पालिकामा कति ?

spot_img

जोमसोम : सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि हिमाली जिल्ला मुस्ताङलाई ८९ करोड ४० लाख बजेट विनियोजन गरेको छ।

गत बुधबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा मुस्ताङका लागि ८९ करोड ४० लाख बिनियोजन भएको हो। ५ स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङले समानीकरण अनुदान ,सशर्त अनुदान ,बिशेष अनुदान र समपुरक अनुदान वापत उक्त रकम प्राप्त गरेको हो।

मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकाले सबैभन्दा बढी २१ करोड ९० लाख प्राप्त गर्ने भएको छ। चालु वर्षको बजेटमा पनि यस पालिकालाई सोही अनुपातमा बजेट विनियोजन गरिएको थियो। सरकारले घरपझोङलाई समानीकरण अनुदान ६ करोड ७१ लाख ,सशर्त अनुदान १० करोड ६९ लाख र बिशेष अनुदान ४ करोड ५० लाख पाएको छ।

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउपालिकाले आगामी आर्थिक वर्षका लागि २० करोड ७७ लाख बजेट प्राप्त गरेको छ। जसअन्तर्गत समानीकरण अनुदान ६ करोड ७१ लाख ,सशर्त अनुदान १२ करोड ५६ लाख र बिशेष अनुदान १ करोड ५० लाख पाएको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई कुल १३ करोड ७९ लाख बजेट विनियोजन भएको छ। लोघेकरलाई समानीकरण अनुदान ६ करोड ६० लाख ,सशर्त अनुदान ५ करोड ६९ लाख र बिशेष अनुदान १ करोड ५० लाख छुट्याइएको हो।

उत्तरी चिनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले १६ करोड ४ लाख बजेट पाएको छ। लोमान्थाङलाई समानीकरण अनुदान ६ करोड ६० लाख ,सशर्त अनुदान ८ करोड र समपुरक अनुदान १ करोड ४४ लाख बजेट विनियोजन भएको हो। यस्तै मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ अवस्थित रहेको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले आगामी आर्थिक वर्षका लागि १६ करोड ५० लाख पाएको छ। जसमा समानीकरण अनुदान ६ करोड ७१ लाख ,सशर्त अनुदान ८ करोड ७९ लाख र बिशेष अनुदान एक करोड विनियोजन भएको छ।

सरकारले मुस्ताङका ५ वटै पालिका मध्ये सबैभन्दा बढी घरपझोङ र सबैभन्दा कम लोघेकर दामोदरकुण्ड गाउापालिकालाई बजेट छुट्याएको छ। लोघेकरको बजेट घरपझो र थासाङको भन्दा ७ देखि ८ करोडसम्म कम छ। लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्रले लोघेकरको भन्दा ३ करोड बढी पाएका छन्।

समानीकरण समान जस्तै भए पनि सशर्त अनुदान भने घरपझोङ भन्दा थासाङको २ करोड बढी छ। थासाङ र लोघेकरले समान १ करोड ५० लाख बिशेष अनुदान पाएका छन् भने घरपझोङले ४ करोड ५० लाख पाएको छ। लोमान्थाङको भागमा आगामी आर्थिक वर्षका लागि बिशेष अनुदान राखिएको छैन्। यस्तै जिल्लाको लोमान्थाङले मात्रै समपुरक अनुदान पाएको छ। अन्य पालिकाले समपुरक अनुदान पाउन सकेनन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img