अर्थ व्यापारपेट्रोलमा २० र डिजेलमा २९ रुपियाँ मूल्य घट्यो

पेट्रोलमा २० र डिजेलमा २९ रुपियाँ मूल्य घट्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले पेट्रोलिमय पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटाइएको बारे उद्योग तथा आपूर्ति मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपियाँ र डिजेलमा २९ रुपियाँ मूल्य घटेको बताउनुभयो ।सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको बताउँदै उहाँले भन्नुभयो– ‘सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको हो ।’

अब पेट्रोलको मूल्य एक लिटरको १ सय ७९ र डिजेलको १ सय ६३ रुपियाँ भएको छ । कुनमा कति शीर्षक कति कर घटाइएको भने मन्त्री बडुले बताउनु भएन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img