समाज५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब'लात्कृत

५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

खोटाङ : खोटाङमा ५ वर्षीय बालिका बला’त्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

बला’त्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन् । उनी बालक नै रहेका का’रण नाम नखुलाइएको प्रहरीले जनाएको छ । उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बला’त्कार गरेको प्रहरीले जनाएको छ ।

बालिका आफ्नै घरमा खेलिरहेका वेला ललाईफकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जब’रजस्ती कर’णी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए ।

परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img