असोज २१, इटहरी :हिजो बुधबार भोजपुरबाट धरानको लागि छुटेको यात्रुबाहक बसले पाख्रीबासमा आफ्नै सहचाललाई कि’च्दा सह’चालकको मृ´त्यु भएको छ ।
मृ`त्यु हुनेमा भोजपुर नगरपालिका ११ आम्तेक घर भएका बर्ष १८ का धन बहादुर पाठक रहेका छन । बा २ ख ५८४० नम्बरको बसका सहचालक चलिरहेको बसको ढोकाबाट खसे पछि उनलाई बसले किचेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
हिजो बिहान १० बजे तिर पाठकलाई बसले किचेको हो । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको थियो र उपचारको क्र’ममा उनको मृ´त्यु भएको छ ।बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।



