समाजनेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा सुनसरी जिल्लालाई उत्कृष्ट घोषित

नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा सुनसरी जिल्लालाई उत्कृष्ट घोषित

सुनसरी / नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज शुक्रबार हेटौंडामा आयोजित प्रेस युनियनको नवौं महाधिवेशनमा सुनसरी जिल्लालाई उत्कृष्ट घोषणा गरिएको हो।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेका हुन् । अध्यक्ष अधिकारीले युनियन सुनसरीको नेतृत्व गरेको २८ महिनामा दुई दर्जन बढी काम गरेका छन्।

सञ्चारकर्मीका लागि प्रत्यक्ष रूपमा सकारात्मक काम गरेर अधिकारीको नेतृत्व उत्कृष्ट जिल्ला घोषित भएको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए । जिल्ला सहित चितवन र कैलाली जिल्लालाई पनि उत्कृष्ट जिल्ला घोषणा गरिएको थियो ।

शनिबारसम्म हुने महाधिवेशनको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै `प्रधानमन्त्री देउवाले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास एवम् लोकतन्त्रलाई बलियो बनाउने तर्क राखेका थिए ।´

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img