राजनीतिनागरिकता विधेयक संसद्‌बाट पारित गर्दा गर्व महसुस भएको छ : प्रचण्ड

नागरिकता विधेयक संसद्‌बाट पारित गर्दा गर्व महसुस भएको छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक संसद्‌बाट पारित गर्दा गर्व महसुस भएको बताएका छन् ।

जनकपुर विमानस्थलमा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । धेरै नेपालीहरू नागरिकताबाट वञ्चित हुँदा धेरै किसिमका सेवा सुविधाबाट समेत वञ्चित रहनुपरेको भन्दै प्रचण्डले अब त्यसको समाधान भएको बताए ।

त्यस्तै, उनले नागरिकता विधेयक तत्कालै कार्यान्वयनमा जाने समेत बताएका छन् । उनले भने, ‘यो कुरा जनकपुरमै आएर पार्टीका तर्फबाट र मेरो तर्फबाट सुनाउन पाउँदा र तपाईंरूका माध्यमले मधेसका सम्पूर्ण जनसमुदायलाई सुनाउन पाउँदा गर्व लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img