देशकोशी प्रदेशइटहरीमा आकाश इन्सिचियुटद्वारा आकाश फारवेल कार्यक्रम

इटहरीमा आकाश इन्सिचियुटद्वारा आकाश फारवेल कार्यक्रम

सुनसरी / इटहरीमा अवस्थित आकाश इन्सिचियुटले आकाश फारवेल कार्यक्रम गरेको छ । ४५० जना विद्यार्थीहरु सहभागि कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ईटहरि उपमहानगरपालिका मेयर हेमकर्ण पौडेल, विशिष्ट अतिथि युवा शिक्षा तथा खेलकुद महाशाखा ईटहरी नगरका अधिकृत फाल्गुणि काफ्ले , रोटरी क्लब अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुली , हिसान केन्द्रिय उपाध्यक्ष भेषराज पोख्रेल र हिसान केन्द्रिय सदस्य तथा शिक्षाविद्हरुको उपस्तिथीमा कार्यक्रममा भएको थियोे ।

एब्रोड स्टडीका साथै टेस्ट तथा इन्ट्रान्स प्रिपेरेसन कक्षाहरु, भाषा तथा कम्प्युटर कक्षाहरु सञ्चालन गरिरहेको इन्सिचियुटले विद्यार्थीहरुसँग पहिलो पटक कार्यक्रम गरेको सञ्चालक कमल तिम्सिनाले जानकारी दिए । उनले आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताए । इन्सिचियुटले यस अगि पनि विद्यार्थीहरूलाई उच्च शिक्षा सम्बन्धि शैक्षिक परामर्श जस्ता विभिन्न कार्यक्रम गराएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img