सुनसरी / छोटो चलचित्र “टेक अफ” सार्वजनिक गरिएको छ । चलचित्रले नेपाली परिवेशमा हुने गरेका विविध घटनाक्रहरुलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरेको छ ।
एउटा युवा आफ्नै जन्मभुमीमा रहेर केही गर्न चाहान्छ तर राजनितिक खिचातानिका कारण दिक्क भएर बैदेशिक रोजगारीका लागि जान बध्य हुनुपर्छ भन्ने सोही कुरालाई छोटो चलचित्र “टेक अफ”मा यथार्थपरक ढंगबाट चलचित्रमा प्रस्तुत गरिएको छ ।
भिम पाण्डेको निर्देशनमा तयार भएको छोटो चलचित्र “टेक अफ”को कथा पनि निर्देशक पाण्डेले लेखेका हुन् । यात्रा कृयशन फिल्मस्को ब्यानरमा बनेको छोटो चलचित्र “टेक अफ”को निर्माण सुरज पोखरेलले गरेका हुन् ।
चलचित्रमा महेश घिमिरे,नारद कट्वाल, सुरज पोखरेल,तारा धमला,उमेश घिमिरे,स्वस्तिका परियार,कृश घिमिरे,रेहान गुरुङ, पबित्रा गुरुङ, जानभी माते, सुहाना मगर लगायतको अभिनय रहेको छ ।
छोटो चलचित्र “टेक अफ”ले नेपाली परिवेशको कथा प्रस्तुत गरेको निर्देशक पाण्डेको भनाई छ । चलचित्रको छायांकन दिनेश राई सुविनले गरेका हुन् भने सम्पादन बसन्त राईले गरेका हुन् । युटुबमा चलचित्र विशेष अनलाइन टिभिबाट सार्वजनिक गरिएको छ ।
भिडियो



