अर्थ व्यापारपेट्रोलियम पदार्थको मूल्य घट्दैन: निगम

पेट्रोलियम पदार्थको मूल्य घट्दैन: निगम

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएकाे छ ।

निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र बक्यौता तिर्नका लागि भए पनि मूल्य यथावत राख्नुपर्ने अवस्था निगमलाई रहेकाे भन्दै मूल्य घटाउन नसकिने जनाएकाे हाे ।

इन्डियन आयल कर्पोरेशन लिमिटेडले साउन १६ गते पठाएको मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियाे । जसअनुसार, पेट्रोलमा १६ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ घटेर आएको छ । त्यस्तै, एलपी ग्यासको मूल्य पनि ८६ रुपैयाँ घटेर आएको थियाे ।

तर बुधबार आयल निगमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अझै पनि निगमलाई आगामी १५ दिनमा करिब ६३ करोड ५८ लाख घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्रीमूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमसामु रहेको छ।’

नयाँ मूल्य अनुसार, निगमलाई पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७८ पैसा नाफा हुन्छ । डिजेलमा भने अझै पनि नौ रुपैयाँ ३७ पैसा घाटा हुन्छ । नाफा हुँदै आएको पेट्रोल र मट्टीतेलमा पनि निगमले मूल्य नघटाउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img