Friday, April 19, 2024
अर्थ व्यापारपेट्रोलियम पदार्थको मूल्य घट्दैन: निगम

पेट्रोलियम पदार्थको मूल्य घट्दैन: निगम

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएकाे छ ।

निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र बक्यौता तिर्नका लागि भए पनि मूल्य यथावत राख्नुपर्ने अवस्था निगमलाई रहेकाे भन्दै मूल्य घटाउन नसकिने जनाएकाे हाे ।

इन्डियन आयल कर्पोरेशन लिमिटेडले साउन १६ गते पठाएको मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियाे । जसअनुसार, पेट्रोलमा १६ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ घटेर आएको छ । त्यस्तै, एलपी ग्यासको मूल्य पनि ८६ रुपैयाँ घटेर आएको थियाे ।

तर बुधबार आयल निगमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अझै पनि निगमलाई आगामी १५ दिनमा करिब ६३ करोड ५८ लाख घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्रीमूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमसामु रहेको छ।’

नयाँ मूल्य अनुसार, निगमलाई पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७८ पैसा नाफा हुन्छ । डिजेलमा भने अझै पनि नौ रुपैयाँ ३७ पैसा घाटा हुन्छ । नाफा हुँदै आएको पेट्रोल र मट्टीतेलमा पनि निगमले मूल्य नघटाउने जनाएको छ ।

 

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

न्युजकारखाना | मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका...
सामान्यतया, यस राशिफलले शारीरिक, मानसिक, आर्थिक र सामाजिक पक्षहरूलाई समेटेको छ। यसले विभिन्न क्षेत्रहरू जस्तै व्यवसाय, रोजगारी, पारिवारिक जीवन, प्रेम सम्बन्ध, स्वास्थ्य आदिका बारेमा...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –  सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन...