सुनसरी /मोरङको बिराटनगर महानगरपालिका- १९ स्थित मिलनचोकमा साइकलले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री मोरङकको ग्रामथान गाउँपालिका-२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।
ग्रामथान गाउँपालिका- २ का ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो । ठक्कर दिने साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।



