अर्थ व्यापारपुनः बढ्यो अमेरिकी डलरको भाउ

पुनः बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, यसअघि एकको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको युरोपियन युरो आज बढेर खरिदमा १२९ रुपैयाँ २६ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८७ पैसा पुगेको छ । अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ०३ पैसा रहेको छ । यसअघि एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ९१ पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज बढेको हो ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा, र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४४ पैसा रहेको छ ।

जापानिज येनको भाउ भने घटेको छ । यसअघि १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको जापानिज येन आज १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल र कतारी रियालको विनिमयदर पनि बढेको छ । यसअघि एकको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा रहेको साउदी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, यसअघि कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा रहेकोमा आज बढेर एकको खरिदमूल्य ३४ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, युएई दिरहम एकको खरिदमा ३४ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७० पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वान १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।

Bidesi Mudra | विदेशी मुद्रा विनिमय दर | Today Exchange Rate

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका