समाजहर्क साम्पाङले सुरु गरेका श्रम अभियानमा धराने जनताको ऐक्यबद्धता

हर्क साम्पाङले सुरु गरेका श्रम अभियानमा धराने जनताको ऐक्यबद्धता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा प्रतिनिधिभा सदस्य सुदन किराती धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धता जनाउन धरान पुगेका छन् ।

शनिवार बिहान धरानको सरदु जलाधारक्षेत्रमा भएको वृक्षारोपणमा सहभागी भएर उनले भने, ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकाले देखाएको श्रम अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दछु ।’

भोजपुरबबाट प्रतिनिधिसा सदस्यमा निर्वाचित किरातीले भने, ‘पहिले यस्तो श्रम माओवादीहरुले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौँ ।’ उनले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न पनि आग्रह गरे ।

आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा मेयर हर्क साम्पाङले खुसी व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत आफ्नो अभियानमा सरिक हुन निम्तो पठाएका छन् । ‘सांसदज्यू त आइदिनुभयो । अब अध्यक्ष प्रचण्डलाई पनि निम्तो भनिदिनुपर्‍यो’ मेयर साम्पाङले सांसद किरातीलाई भने ।

सांसद किराती आएकोमा खुसी हुँदै हर्क साम्पाङले ‘धरानको माटो छुन आउनु भएकोमा माननीय सुदन किराती ज्यूलाई धन्यवाद’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img