अछाम : जनता,समाज र देशको लागि निस्वार्थ भावले सेवा गर्ने व्यक्तिनै अमर हुने छ । तत्कालिन लयाँटी गाउँ पन्चायतको पहिलो जन-निर्वाचित प्रधान पन्च स्वर्गीय बहादुर शाहीको यो उपरोक्त भनाई अनुरुप उहाँ कस्तो व्यक्तित्व हुनु हुन्थ्यो भन्ने कुरा लयाँटीबवासीका मन भित्र समाबिस्ट भएकै कुरा हो |
`त्यसको ज्वलन्त उदाहरण स्वरूप लयाँटीका जनमानसको हृदयभित्रको श्रद्धालाई चिर राख्ने प्रतिक को रुपमा पञ्चदेवल विनायक नगरपालिक – ०५ लयाँटी अछाममा सुदुरपश्चिम सरकारद्वारा नवज्योति माध्यमिक विद्यालय भित्र खेल मैदानको अगाडि स्थापित स्वर्गीय शाहीको शालिक रहेको छ । कर्मलाई धर्म मान्ने,श्रमलाई पूजा ठान्ने स्वर्गीय शाहीले लयाँटीलाई गाउँपन्चायतमा धेरै उल्लेखनिय कार्यहरु गर्नुभएको थियो।फलस्वरूप वहाले आफ्नो गृहस्थि र आफ्नो स्वास्थमा ध्यान पुर्याउन सक्नुभएन , ६८ वर्षको उमेरमा असमायिक वहाँको निधन भयो ।
जनसेवाको लागि आफुलाई उत्सर्ग गर्ने स्वर्गीय बहादुर शाहीका सहादत लाई समाजमा स्मृति को रुपमा अक्षुण राख्न श्री बाहादुर शाही स्मृति प्रतिष्ठानको गठन गरिएको छ । यस प्रतिष्ठानले अछाम जिल्लाको स्वास्थ ,शिक्षा, खेलकुद,कृषी ,वातावरण, कला र सस्कृति आदि को विकाश र प्रोत्सानका कार्यमा सक्दो योगदान पुर्याउने छ ।
साथै प्रस्तावित संस्थाको कुनै क्रियाकलापले नेपाल तथा कुनै बिदेसी रास्ट्र,अन्तर्राष्ट्रिय संघ ,संगठनको सम्बन्धमा प्रतिकुल असर पार्ने वा नेपाल पररास्ट्र नीतिको बर्खिलाप हुनजाने वा नेपालको अखण्डता ,सार्वभौमसता ,स्वतन्त्रता तथा शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम गर्ने छैन ,भन्ने प्रतिबद्धताका साथ यस संस्थालाई सबैको हार्दिक सहयोगको अपेक्षा रहेको छ ।



