समाजभोजपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

भोजपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

भोजपुर । भोजपुरमा मोटरसाइकल चोरिमा सम्लङ्ग लाई पत्रकार सम्मेलन गरि प्रहरीले सार्बजनिक गरेको छ ।

विभिन्न ठाउँबाट पक्राउ गरिएकाहरुको साथबाट ४ थान चोरिका मोटरसाइकल समेत बरामद गरेको छ । उनिहरले पल्सर एक थान १६० सिसिको आपचिबाईक ३ थान २५० सिसिको बजाज कम्पनीको पल्सर चोरी गरेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक डिएसपी राजकुमार राईले बताए ।

पक्राउ पर्नेमा सङखुवासभा चैनपुर नगरपालिकाका बर्ष २६ का निमराज गौतम,संखुवासभा पाचखपन नगरपालिकाका बर्ष २५ का टिकाराम तिवारी ,२८ बर्षिय रबिकिरण राई ,खादबारी नगरपालिकाका २५ बर्षिय मौसम आलेमगर र सभापोखरी गाउपालिका ३ का रोहितमान राई रहेका छन । मुख्य योजनाकार पाचखपन नगरपालिका बम बहादुर न्यौपानेलाई भोजपुर ल्याउने तयारी भैरहेको छ ।

पक्राउ परेकाहरुलाई चोरी मुद्वमा म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img