समाजश्रीमती र सासुको शरीरमा आगो लगाएर ज्वाइँ फरार

श्रीमती र सासुको शरीरमा आगो लगाएर ज्वाइँ फरार

जनकपुरधाम । महोत्तरीमा ज्वाइँले श्रीमती र सासुको शरीरमा आगो लगाएको घटना बाहिरिएको छ ।

भंगहा नगरपालिका ९ कञ्चनवनकी ६५ वर्षीया रेश्मादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिस्टले जानकारी दिए । उनकाअनुसार आरोपित शंकर फरार छन् । उनको खोजी भइरहेको छ ।

आगो लागेर घाइते भएका दुवैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सम्भव नभएपछि काठमाडाैं रेफर गरिएको छ । घटनाबारे यकिन कारण नआएपनि घरायसी विवादका कारण आवेगमा आएर आगो लगाइएको प्रहरीको अनुमान छ ।

आगोले रेसमादेवी सदाको पिठ्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए ।

वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका