काठमाडौं । आज साउन महिनाको चौथो सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको विशेष पूजा आराधना गरी मनाउँदैछन् ।
बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन छ । साउनको साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वास रहेको छ । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।
साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा(पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
व्रत बस्दा के फाइदा हुन्छ ?
धर्मशास्त्र अनुसार व्रत शारिरीक स्वास्थ्यको दृष्टि महत्वपूर्ण छँदैछ, बार अनुसारको लाभ पनि फरकफरक रहने विश्वास गरिन्छ । सोमबार व्रत बस्दा के फाइदा हुन्छ ? धर्मशास्त्रमा के भनिएको छ ? तपाईंलाई चासो हुन सक्छ । सोमबारको व्रत बस्दा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ ।
धर्मशास्त्र अनुसार, सोमबारको व्रत फलदायी मानिन्छ । सोमबारको व्रतले मानिसका हरेक इच्छा, आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ भन्ने मान्यता रहि आएको छ । विशेष गरी अविवाहित स्त्रीले असल तथा इमान्दार श्रीमान् पाउँछन् भन्ने मान्यता छ ।
चिकित्सकहरुले पनि हप्तामा एक दिन खाना नखाई ‘फास्टिङ’ बस्दा स्वास्थ्यलाई राम्रो गर्ने बताउँछन् । तर, बिरामी व्यक्तिले भने, चिकित्सकको राय अनुसार खानपानमा ध्यान दिनु जरुरी छ।



