अर्थ व्यापारपेट्रोलियम पदार्थको मूल्य !

पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ।

मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन।

कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पार्छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गर्दै आएको छ। आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउँछ।

निगमका अनुसार पछिल्लो १६ जुलाई र १ अगस्ट दुई पटकमा गरेर पेट्रोल प्रतिलिटर ३२ रुपियाँ ५७ पैसा, डिजेल २५ रुपियाँ ७४ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७८ रुपियाँ मूल्य घटेर आएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य घटेर आए पनि घाटा बढी भएकाले तत्काल मूल्य घटाउन नसकिएको बताए। घटेको मूल्य सूचीका आधारमा निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गर्नुपर्नेमा त्यो नगर्दा उपभोक्ता मारमा परेका छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका