देशकोशी प्रदेशझापामा १४ वर्षीया बालिकालाई ब´लात्कार गर्ने युवक पक्राउ

झापामा १४ वर्षीया बालिकालाई ब´लात्कार गर्ने युवक पक्राउ

सुनसरी / झापामा १४ वर्षीया बालिकालाई २० वर्षका युवकले ब´लात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ ।

बालिकालाई ब´लात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका- ९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

झापा अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँचथर होटल एण्ड लजमा गत साउन १८ गते राति दिपेशले त्यी बालिकालाई ब´लात्कार गरेको प्रहरीले जनाएको छ ।

ब´लात्कार गरेपछि दिपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img