समाजनेपालमा फेरी बढ्न थाल्ये संक्रमण, कति छन् सक्रिय संक्रमित ?

नेपालमा फेरी बढ्न थाल्ये संक्रमण, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७०५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५८ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ८८५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण तीन संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७३ हजार ८१९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img