देशकोशी प्रदेशधरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन...

धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु: मेयर साम्पाङ

काठमाडौँ : धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा फोहोर नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै रानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण दिएको बताए ।

सामाजिक सञ्जालमा आएका धरानमा फोहोर व्यवस्थापन नभएको भन्ने खबर झुटो भए भन्दै उनले इटहरी दुर्गन्धित भनेर आएको खबर पनि झुटो भएको बताए। फेसबुक लाइभमा बोल्दै हर्कले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने बताएका छन् ।धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउने पनि बताए ।

बालेनले उनको बिरुद बोल्न मिडिया परिचालन गरेको समेत आरोप लगाए । उनले भने “फेसबुककै लागि करोडौ छुत्यौनेले केही त अब गर्या होलान” ।

जाबो फोहोर ब्यबस्थापन गर्न नसक्नेले ठुलो गफ गरेर हुन्छ भन्दै उनले बालेनलाई प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img