सेयर बजारबुद्धभूमिको आईपीओ बाँडफाँट, ७४ हजार ४ सय जनाले पाए १० कित्ता सेयर

बुद्धभूमिको आईपीओ बाँडफाँट, ७४ हजार ४ सय जनाले पाए १० कित्ता सेयर

काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आज (शुक्रबार) बाँडफाँट भएको छ। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ७४ हजार ४ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएका थिए। आवेदकमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। यसमध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

आइपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासनकर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट आईपीओको नतिजा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img