राजनीतिम प्रधानमन्त्री बन्दा देश र जनताका लागि फाइदा हुँदैन : प्रचण्ड

म प्रधानमन्त्री बन्दा देश र जनताका लागि फाइदा हुँदैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दा अब देश र जनताका लागि खासै फाइदा नहुने बताएका छन् ।

पोखरा विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू चाहेमा प्रधानमन्त्री बन्न सक्ने तर अब त्यो रेसमा नलाग्ने बताएका हुन्।

‘प्रधानमन्त्रीकै इच्छा गरेको भए म पहिला पनि हुनसक्थेँ,’ उनले भने, ‘अघिल्लो (२०७४ सालको) निर्वाचनपछि पनि पाँच वर्षकै लागि प्रधानमन्त्री बन्न सक्थेँ । तर मैले वाम गठबन्धनलाई प्राथमिकता दिएको हुँ ।’

अबको प्रधानमन्त्री को हुने भन्नेबारे अहिले नै गठबन्धनभित्र कुनै चर्चा नभएको समेत उनले बताए । आगामी संसदीय निर्वाचनपछि पनि चाहेमा प्रधानमन्त्री बन्न सक्ने तर त्यो रेसमा नलाग्ने बताउँदै उनले भने, ‘तर, म अहिले प्रधानमन्त्री बन्ने रेसमा छैन, त्यो देश र जनताको लागि पनि उति फाइदाजनक हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img