सुनसरी / इटहरी उपमहानगरपालिका २ नम्बर वडा बाल संजालद्वारा राष्ट्रिय बाल दिबसको अवसर पारेर बाल कार्यक्रम गरिएको छ ।
हिजो महेन्द्र माध्यमिक विद्यालयमा सांस्कृतिक नृत्य , हाजिरीजवाफ प्रतियोगिता , बाल अभिनय जस्ता कार्यक्रम गरि सम्पन्न गरिको छ ।
२ नम्बर वडा बाल संजालले गरेकाे कार्यक्रम बाट बालबालिकाले आफ्नो क्षमता कसरी अरु सामु देखाउने आफ्ना कुरा निष्पक्ष रुपमा कसरी देखाउने भनी आफु कसरी समक्ष भई अगाडि बढि २ नम्बर वडालाई वालमैत्रि वनाउने भन्ने विषयकाे बारेमा जानकारि प्रदान गर्नका निमित्त याे कार्यक्रम आयाेजना गरिएकाे इटहरी उपमहानगरपालिका २ नम्बर वडाका बाल संजालका अध्यक्ष सविन तिम्सिनाले बताए ।
२ नम्बर वडामा पहिलो पटक यस वडाका केहि भाइबहिनीहरुले बाल संजाल भित्र रहेर सक्रियताका साथ यस राष्ट्रिय बाल दिबस लक्ष्यित कार्यक्रम सन्चालन गरि सम्पुर्ण कुरा ब्यावस्थापन गरेर कार्यक्रम सम्पन्न गरेको देख्दा म लगायत सबै वडा टिम खुसी छौँ ।
हामी पनि यस्ता किसिमका सक्रियता देखाउने बालवालिका र यस बाल क्लबलाई सधैं सहयोग र हौसला प्रदान गर्ने प्रतिबद्धता जनाउने इटहरी २ नम्बर वडाका अध्यक्ष माधव कोइरालाले बताए ।



