समाजनागरिकता विधेयक रोकेको भन्दै नेविसंघद्वारा राष्ट्रपतिको पुत्ला दहनको प्रयास

नागरिकता विधेयक रोकेको भन्दै नेविसंघद्वारा राष्ट्रपतिको पुत्ला दहनको प्रयास

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन (नेविसंघ) ले प्रदर्शन गरेको छ ।

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो ।

विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए ।

प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img