सुनसरी / झापाको भद्रपुरबाट केचना जाने सडकखण्ड अन्तर्गत पृथ्वीनगरको देउनिया खोलाको पुलबाट झरेर ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजनाको मृत्यु भएको छ ।
इँटा बोकेर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०१–००–१ ख ३६५९ नम्बरको ट्रक पुलको रेलिङ भत्काएर खोलामा झरेको हो । दुर्घटनामा पुलमा हिड्दै गरेकी भद्रपुर ९ गैरीगाउँ बस्ने वर्ष २३ की तुलसा खवास भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चारजना घाइते भएकोमा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनकी २ वर्षकी छोरी लुकुसा तामाङ गम्भीर घाइते भएकी छन् । आमा तुलसालाई ट्रकले सोरेर लैजाँदा उनी उछिट्टिएकी थिइन् ।
दुर्घटनामा ट्रकमा सवार बिर्तामोड २ बस्ने वर्ष २४ को अनिल हस्दा, सोही ठाउँ बस्ने वर्ष ५२ को बुधलाल राजवंशी घाइते भएका छन् । घाइतेहरुलाई बिर्तामोडको बि एण्ड सी हस्पिटलमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक पाँचथर हिलिहाङ का २४ वर्षीयय यागेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



