मौसमधेरै ठाउँमा हल्कादेखि भारी वर्षा, कहिलेबाट हुन्छ मौसममा सुधार?

धेरै ठाउँमा हल्कादेखि भारी वर्षा, कहिलेबाट हुन्छ मौसममा सुधार?

spot_img

काठमाडौं: अहिले देशका विभिन्न ठाउँमा हल्कादेखि मुसलधारे वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखास्थित वरिष्ठ मौसमविद्‌ वरूण पौडेलले बीबीसीलाई बताएअनुसार कतै गत ४८ घण्टादेखि त कतै ३६ घण्टादेखि लगातार पानी परिरहेको छ। वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै प्रभाव देखिएको पौडेलले बताए। अहिले दाङ्ग, पाल्पा, कास्की, बागलुङ लगायत जिल्लामा धेरै पानी परिरहेको छ।

कहिलेबाट मौसममा सुधार हुन्छ?
यसपालि नेपालमा मनसुन ढिलो शुरू भएर सकिने समय पनि ढिलो भएको वरिष्ठ मौसमविद्‌ले बताए। सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने गरेको उनी बताउँछन्।

मौसमविद्‌ हरुका अनुसार न्यून चापीय क्षेत्रको प्रभाव अहिले उत्तर-पश्चिमतर्फ लाग्ने क्रममा पूर्वी नेपालबाट पश्चिमतर्फ सरिरहेको छ ।

आगामी २४ घण्टाबारे पूर्वानुमान के छ?
वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, वागमती प्रदेश मधेश प्रदेश र प्रदेश नं १ का कतिपय स्थानमा ठूलो वर्षाको सम्भावना छ। ठूलो वर्षाको सम्भावनाबीच भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक यातायता र हवाईसेवा समेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

प्रतिकूल मौसमका कारण थुप्रै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अधिकारीहरूले अनुरोध समेत गरेका छन्। बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले बबई र पश्चिम राप्ती नदीमा पानीको सतह खतराको तहमा पुगेको छ।

विभिन्न ठाउँमा देशका ठूला नदीहरू वागमती, नारायणी र महाकालीमा पानीको सतह बढ्ने क्रममा रहेको उसले जनाएको छ। केही साना नदीमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सजग रहन अधिकारीहरूले अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img