समाजओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना : मृतकको संख्या १७ पुग्यो, १५...
spot_img

ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना : मृतकको संख्या १७ पुग्यो, १५ जनाको सनाखत

बारा, बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जमा बस दुर्घटनामा परि ज्यान गुमाएका नौ जनाको सनाखत भएको छ । बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १७ पुगेको छ ।

दसैंका यात्रुले खचाखच भरिएको बस ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनाका मृतक १७ मध्ये केहीबेर अघिसम्म १५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मृतक एक महिला र एक पुरुषको अझै सनाखत हुन सकेको छैन। दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको एसपी बोगटीले बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img