विविधअनौठो सर्प मेला: जहाँ सर्प बोक्ने र सर्प चढाउने गरिन्छ

अनौठो सर्प मेला: जहाँ सर्प बोक्ने र सर्प चढाउने गरिन्छ

काठमाडाैँ – तपाईँले पनि कुनै न कुनै मेला भर्नु भएको होला । विशेष चाडबाड वा तिथिमा मेला लाग्ने गर्दछ । मेलाका आआफ्नै विशेषता हुन्छ । कतै धार्मिक महत्त्व, कतै उत्सव अनि कतै फुल फुलेको हेर्ने वा अन्य अन्य ।

आजकल सहर बजारमा जुत्ता मेला, अटो मेला पनि लाग्दछ । तर के तपाईँले कहिल्यै सर्प मेला सुन्नु भएको छ ?

भारतको बिहारमा रहेको समस्तीपुरमा गण्डक नदी किनारमा सर्प मेला लाग्दछ । यहाँ जुनै समयमा मेला लाग्ने गर्दछ । यहाँ विशेष गरी नाग पञ्चमीको दिनमा भव्य सर्प मेला लाग्दछ ।

रोचक त के छ भने यस मेलामा सर्प बोकेर मन्दिर र नदी किनारमा जाने गरिन्छ । यति मात्र कहाँ हो र घाँटीमा सर्प बेरेर, मुखले सर्प च्यापेर समेत यहाँ चढाउने गरिन्छ ।

यहाँ सर्प चढाउँदा वा सर्प बोक्दा आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास छ । यो मेला करिब ३ सय वर्षयता हरेक वर्ष मनाउँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img