देशकोशी प्रदेशइटहरीमा चाडपर्वलाई मध्यनजर गरेर बजार अनुगमन गर्दा म्याद गुज्रिएको सामान भेटियो

इटहरीमा चाडपर्वलाई मध्यनजर गरेर बजार अनुगमन गर्दा म्याद गुज्रिएको सामान भेटियो

सुनसरी / इटहरी उपमहानगरपालिकाले चाडपर्वलाई मध्यनजर गर्दै गर्दा बजार अनुगमन गर्दा म्याद गुज्रिएको सामान भेटिएको छ ।

उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति इटहरीको संयोजक संगीता कुमारी चौधरीको अगुवाइमा बजार अनुगमन सुरु भएको हो । इटहरी वडा नम्बर ८ स्थित पाण्डा डिपार्टमेन्ट स्टोर लगायत यहाँका किराना पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उत्पादकको म्याद गुज्रिएको सामान भेटिएको छ । यस्तै, कुहिएको समान बरामद गरिएको छ ।

अनुगमनमा संरक्षण समिति इटहरी खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, नगर प्रहरी, इलाका प्रहरी कार्यालय इटहरी र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img