देशसन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, अभियोग पत्र तिहारपछि मात्र

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, अभियोग पत्र तिहारपछि मात्र

काठमाडौं / बलात्कार आरोप लागेका प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेमाथी आज चौथो पटक म्याद थप हुँदैछ । यसअघि कात्तिक २ गते तेस्रो पटक म्याद थप गर्न अदालत लगिएको थियो ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img