खेल समाचारबाहादुर शाही स्मृति कप भलिबलको तयारी अन्तिम चरणमा

बाहादुर शाही स्मृति कप भलिबलको तयारी अन्तिम चरणमा

अछाम – स्वर्गय बाहादुर शाहीको स्मृतिमा अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं ५ को यस प्रतियोगिता नवज्योति मावी को खेलमैदानमा यही शनिबारदेखि प्रथम स्व. बाहादुर शाही स्मृति खुल्ला वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बाहादुर शाही स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता कार्तिक १२ देखि १४ सम्म हुन लागेको हो । स्व. बाहादुरको सम्झनामा स्थापना गरिएको स्मृति कपलाई निरन्तरता दिई खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको आयोजक व्यवस्थापक तथा राष्ट्रिय खेलाडी शैलेन्द शाहीले बताए ।

टिम दर्ता शुल्क ४,००० रहेको र प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार पाउनेछन् । उत्कृष्ट खेलाडी २ हजार, उत्कृष्ट स्पाइकर १ हजार ट्रफी, उत्कृष्ट सटर १ हजार ट्रफी र विधागतमा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img