देशकोशी प्रदेशमोरङमा करेन्ट लागेर ३० वर्षीय युवकको मृत्यु

मोरङमा करेन्ट लागेर ३० वर्षीय युवकको मृत्यु

सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका- २ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर- ६ का ३० वर्षीय राम मण्डल रहेका छन् । घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले विद्युतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका मण्डलको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img