काठमाण्डौ । आज सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवा ‘डेञ्जर जोन’मा पर्ने सम्भावना देखिएको छ ।
‘फ्याक्टस् नेपाल’ नामक संस्थाले गरेको ओपिनियन पोलको नतिजाअनुसार इलाम–१ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेद्वार प्रधानमन्त्री शेरबहादुर देउवाले हार्नसक्ने देखिएको छ ।
प्रारम्भिक सर्वेक्षणमा बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको अवस्था पनि राम्रो देखिएको छैन । तर, डडेलधुरामा गरिएको ओपिनियन पोलको पूर्ण नतिजा भने आज राति अबेरसम्म मात्र प्राप्त भइसक्ने फ्याक्ट्स नेपालका एक अधिकारीले जानकारी दिएका छन् ।



