Monday, April 21, 2025
खेल समाचारपैसा नतिरी विश्वकप लाइभ हेर्न सकिने
spot_img

पैसा नतिरी विश्वकप लाइभ हेर्न सकिने

काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ ।

चौतर्फी विरोधका बाबजुद केही समय सर्वोच्च अदालतले यस्तो व्यवस्थामा रोक लगाउने विश्वास गरिएको थियो । तर, आफैंले दिएको त्यस्तो व्यवस्थाविरुद्धको अन्तरिम आदेश खारेज भएसँगै अहिले सेवाप्रदायकहरुले फुटबलप्रेमीहरुसँग धमाधम शुल्क असूलिरहेका छन् ।

तर, यदि तपाईसँग पैसा छैन वा तिर्न चाहनुहुन्न भने निःशुल्क विश्वकप फुटबल हेर्ने उपाय पनि उपलब्ध छ । हालै विश्वको विश्वसनीय र बलियो सामाजिक सञ्जाल ट्वीटर खरीद गरेका एलन मस्कले फिफा वर्ल्डकपको उद्घाटन हुने दिन यस्तो घोषणा गरेका छन्, जसका कारण नेपाली फुटबलप्रेमीहरुले पनि राहात महसुस गर्न सक्छन् ।

ट्वीटरका मालिक एलन मस्कले फिफा वर्ल्डकपको उद्घाटन खेल र अन्य खेल पनि ट्वीटरमार्फत लाइभ प्रसारण गरिने घोषणा गरेका हुन् ।

elon musk

त्यति मात्र होइन, लाइभ प्रसारणसँगै खेलको लाइभ कमेन्ट्री पनि ट्वीटरले लाइभ प्रसारण गर्नेछ ।  यसको अर्थ पैसा नै नतिरी नेपालका फुटबल प्रेमीहरुले पनि ट्वीटरमार्फत फिफा वर्ल्डकपको लाइभ तथा कमेन्ट्री पनि हेर्न र सुन्न सक्नेछन् ।

ट्वीटर अकाउण्ट नभएकाहरुले केहीबेरमै ट्वीटर खोलेर यो सेवा लिन सक्नेछन् ।

विश्वका विभिन्न देशकासहित नेपालका फुटबलप्रेमीहरुले पनि ट्वीटरका मालिकको घोषणाको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत नै आभार व्यक्त गरिरहेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img