सुनसरी / धनकुटा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
राजेन्द्रले ३०१०१ मत प्राप्त गरेर नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै राई निर्वाचित भएका हुन् । थापाले २८ हजार ७०३ मत पाएका हुन् ।
थापा राप्रपाको ठूलो समूहसहित उपमहामन्त्री पद लिएर कांग्रेस छिरेका थिए । कांग्रेसमा २०७४ मा पनि राई विजयी भएका थिए ।प्रदेशसभातर्फ निरनकुमार राई विजयी भएका छन् । उनी एमाले धनकुटाका सचिव हुन् ।
उता, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६ मत्र प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत प्राप्त गरेका हुन् ।




