सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको अग्रस्थानमा छन् ।
अहिलेसम्मको मतगणनामा कार्कीले अग्रता बढाएका हुन् । पछिल्लो मत परिणाम अनुसार कार्कीले ११ हजार ८७७ मत पाइरहदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले ११ हजार ७९० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिवनकुमार श्रेष्ठले १ हजार ५३९ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकोका उम्मेदवार विध्यानन्द यादवले ९ सय १९ मत प्राप्त गरेका छन् ।
सुनसरी क्षेत्र नं ४ क मा उठेका दुवै उम्मेद्वार राजनीतिक क्षेका खेलाडी मानिन्छन । सुनसरी ४ को इनरूवास्थित भगबती मावीमा मतगणना भइरहेको छ ।