देशकोशी प्रदेशमोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा ५३ वर्षीय पुरूषको मृत्यु
spot_img

मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा ५३ वर्षीय पुरूषको मृत्यु

सुनसरी / मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरूषको मृत्यु भएको छ । प्रहरी कार्यलय रंगेलीका अनुसार मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय जीतेन्द्र पौडेल रहेका छन् ।

प्रहरी कार्यलय रंगेलीका अनुसार मंसिर १८ गते राति साढे ८ बजे रंगेली नगरपालिका- ३ निसान थान नजिकै भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र नं.१–०२–०४४ प ४४०९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियोे ।

दुर्घटनामा परेका मोटरसाइकल चालक पौडेलले आफूलाई केही नभएको र बाहिरी चोटपटक समेत नदेखिएपछि घरमा गएर सुतेका थिए । सोमबार बिहान सुतेकै अवस्थामा बिहान मृत अवस्थामा भेटिएका हुन् ।

मृत्युको कारण दुर्घटना नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img