सुनसरी / घरमा कोही नभएको अवस्थामा इटहरी १९ की १२ बर्षीया बालिकालाई ब’लात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५५ वर्षीय खेमराज गिरीलाई पक्राउ गरेको छ ।
इटहरी- १९ ब्रह्मपुरकी बालिकालाई छिमेकीले कोही नभएको मौका छोपेर ब’लात्कार गरेको भन्दै स्थानीयबासीले दिएको उजुरीको आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
उनले मंसिर १८ गते आइतबार साँझ आमा- बाबू नै घरमा नभएको मौका छोपेर बालिकालाई ब’लात्कार गरेको आरोप गिरीमाथि लागेको हो । घरमा एक्लै रहेकी बालिकाले बाख्रा र कुखुरा खोरमा थुन्ने क्रममा गिरी पिडित बालिकाको घरको कोठामा पसेको र बालिका चिच्चाएको आवाज सुनेपछि गिरीलाई स्थानीयले घरमै भेटेर प्रहरीलाई जिम्मा लगाएका हुन ।
स्थानीय एक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका बलात्कृत भएको खबरपछि प्रहरीले सोहीदिन गिरीलाई हो । बाबू विदेश गएका र आमा पहाड गएको अवस्थामा छिमेकी रहेका गिरीले अपराधिक मनसायले ब’लात्कार गरेका हुन् ।