बागलुङ | बागलुङको काठेखोला -२ भीमपोखरामा ऐतिहासिक माघेसंक्रान्ति मेला लाग्ने भएको छ ।
“संस्कृति संरक्षण र प्रतिभाको खोजीमा निरन्तरको प्रयास, परिष्कृत संस्कार अनि उन्नत क्षमताको खातिर अविराम अभ्यास” भन्ने मुल उद्घोषका साथ सिमसिम युवा क्लबले ऎतिहासिक माघेसंक्रान्ती मेला-२०७९ को आयोजना गरेको जनाएको छ ।
४० हजार प्रथम पुरस्कारको खुला वडास्तरीयता पुरुष भलिबल र ३० हजार प्रथम पुरस्कारको खुला सामुहिक नृत्य प्रतियोगिता रहेको छ । त्यहाँ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थिति रहने बताइएको छ ।
पौष २६ देखि मेला सुरु हुने र माघ १ सम्म मेला सम्पन्न हुने आयोजक परिवारले बताएको छ ।




