सुनसरी : मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा अाज सोमबार भारतीय लुटेराको समूहले सिटिजन बैंक लुट्ने प्रयास गरेकाे छ । तर, उनीहरुको प्रयास भने असफल भएको प्रहरीले जनाएका छन् ।
स्थानीयका अनुसार दिउँसो करिब ४ बजेटको समयमा पाँचजनाको समुहमा आएका लुटेरा समुहले बैंकका सुरक्षा गार्डमाथि गोली चलाएर बैंकमा लुटपाटको प्रयास गरेका थिए ।
गार्डलाई लुटेरा समुहले चलाएको गोली लागेको छ । उनलाइ उपचारका लागि अस्पताल पठाएको प्रहरी जनाएको छ । गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यलय, मोरङको टोलि पुगेर लुटेरा समुहका तीन जनालाइ प्रकाउ गरेको छ ।
गोलि चलेपछि स्थानीय प्रहरी बैंकमा पुगेका थियोे । प्रहरी पुगेपछि लुटेराहरू गोलि चलाउदै भागेका थियो ।प्रहरीका अनुसार गर्धनमा गोलि लागेको र अहिले विराटनगरस्थित न्यरो अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।
प्रकाउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



