सुनसरी : आज बडादशैँ अन्तर्गत फूलपाती , घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ ।
प्रत्येक वर्षको दशैमा पर्ने फुलपाति आज सातौ दिन परेको छ । असोज महिनाको शुल्क सप्तमीका दिन पर्ने फुलपाति पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फुलपाती भित्र्याएर मनाउदै आएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् भनी प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक जस्ता मन्दिर बाट नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।
नेपालका विभिन्न ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङ हालि पिङ खेलि दशैलाइ अझ् रौनकतालाई बढाउने गरिन्छ र आज फुलपाति र भोलि महाअष्टमी पर्सि महानवमी र अर्को दिन नेपालीहरूको महान चार्ड विजय दशमी पर्दछ त्यहि दिन टीका लगाइ दशै मनाइन्छ ।



