देशकोशी प्रदेशकानेपोखरीमा माहुरीको टोकाईबाट एक जनाको मृत्यु , चार जना घाइते

कानेपोखरीमा माहुरीको टोकाईबाट एक जनाको मृत्यु , चार जना घाइते

सुनसरी / मोरङको कानेपोखरी- ९ भौँसाबारीमा माहुरीको टोकाईबाट स्थानीय ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको भयो भने चार जना घाइते भएका हुन् ।

माहुरीको घार गाडीबाट निकाल्ने क्रममा भुइँमा खसेर फुटेपछि उनहरूलाई माहुरीले चिलेका थिए । भट्टलगायत स्थानीय ६८ वर्षी झबर यादव, ५५ शोखलाल ऋषिदेव, ३६ वर्षीय मानबहादुर सुनार र २० वर्षीया जेनिसा राजवंशीहरूलाई माहुरीले चिलेर घाइते भएका थिए ।

स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा भट्टको मृत्यु भएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यलय कानेपोखरीले जनाएको छ ।

माहुरी पालक झापाको शिवसताक्षी नगरपालिका- ९ का ओमदेव बस्नेत र पशुपति अधिकारीलाई नियन्त्रणमा लिई आवश्यक परेको बेला उपस्थित हुने गरी माहुरी छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img